काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वासको मत नलिएको भन्दै काम चलाऊ घोषणाको माग गर्दै दायर रिटमा पेशी चढेको छ । अधिवक्ता वीरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ ।
जनता समाजवादी पार्टी, नेपालले ३२ असार, २०८२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गर्दै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिएका छैनन् । सरकारले कुनै दलले समर्थन फिर्ता लिँदैमा विश्वासको मत लिन नपर्ने भन्दै आइरहेको छ ।
केसीले प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, सङ्घीय संसद् सचिवालय र राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ भदौ २०८२, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली