काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नकारात्मक भाष्य निर्माण हुँदै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन। सिस्नुपानी नेपालको प्रश्तुती जुरुक्क कर्णाली कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका कामहरुको चर्चा हुन नसकेको बताए ।
उनले सधैँ नकारात्मक भाष्य सिर्जना गर्ने र भएका कामहरुको चर्चा नगर्ने परिपाटी विकसित भइरहेको बताए । सबै सकारात्मकताका साथ अघि बढ्ने हो भने देश बन्न समय नलाग्ने उनको भनाइ छ । आफूमाथि गरिएका व्यंग्यहरु केही नगर्नेले केही गर्नेलाई झट्टि हानेको जस्तो रहेको टिप्पणी गरे। कर्णालीको लागि आफूले केही मानिसहरुले गर्नुभएको योगदान बाहेक प्रतिष्पर्धा गर्नसक्ने कामहरु गरेको जिकिर गरे । ग्याँसको खोजि गर्नुपर्छ, ग्याँस पाइनसक्छ भन्दा उडाउनेहरु अहिले ग्याँस पाइएपछि पनि विरोध गरिरहेको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रो अलिकित नकारात्मक एटिट्युड बनेको छ । त्यसकारण सकारात्मक सोचको विकास गरौँ । सकारात्मकताका साथ अघि बढौँ । केही गरौँ । मलाई अघि राखेर गरिएका व्यंग्यहरु कस्तो भने केही नगर्नेले केही गर्नेलाई झट्टि हानेको जस्तो लाग्यो । पर्सनल्ली पनि कसले कति गरेको छ, कर्णालीको लागि भन्ने म त टाढाकै मान्छे हुँ, झापाको एउटा कुनाको मान्छे । केही साथी मात्रै अघि जानुहोला नत्र प्रतिष्पर्धामा पर्दछु । हामी भन्नेमात्रै होइन, गर्ने पनि पर्छौं । ग्याँसको खोजि गर्नुपर्छ, ग्याँस पाइनसक्छ भन्दा उडाउनेहरु थुप्रै थिए । आज ग्याँस पाइयो । सक्कली कर्णाली त त्यस्तो वैगुनी हुनै सक्दैन । ग्याँस पाइयो, चर्चा नै नगर्ने, विश्वविद्यालय बन्यो चर्चा नै नगर्ने, कोही सुत्केरी हुँदा हेलिकप्टरबाट ल्याएको नदेख्ने, बाटो बन्यो, चर्चा नै नगर्ने । बन्छ कर्णाली, बनाउनुपर्छ । उठ्छ कर्णाली । कमजोरी होलान् सुधार गरेर जानुपर्छ ।’
प्रधानमन्त्री ओलीले नेपाल बन्छ र बन्दै गरेको बताए । -न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ भदौ २०८२, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली