झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ धर्मकाटास्थित मेचीराजमार्गमा गएराति भ्यान दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र.१–०१–००१ ज ४०८८ नम्बरको इभी भ्यान राति करिब सबा १ बजे आफैँ अनियन्त्रित भई सडक किनारमा पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनामा भ्यानका चालक ताप्लेजुङ फुङलिङ–२ का ३० वर्षीय लाक्पा थेपेन शेर्पा पनि घाइते भएका छन्।
त्यसैगरि भक्तपुर चाँगुनारायण–१ का १२ वर्षीय सेसेहाङ सुवा, ३४ वर्षीय प्रेम यौङहाङ ३२ वर्षीय टिका लिम्बु, अर्जुनधारा–१० का ४४ वर्षीय विजय लिम्बु, ४४ वर्षीय मनकुमारी लिम्बु, १९ वर्षीय सुविमा लिम्बु, दमक–३ की २१ वर्षीया मनिता धिमाल र ४३ वर्षीया रिता धिमाल घाइते भएका प्रहरीले जनाएको छ।
उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ भदौ २०८२, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु