झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ धर्मकाटास्थित मेचीराजमार्गमा गएराति भ्यान दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र.१–०१–००१ ज ४०८८ नम्बरको इभी भ्यान राति करिब सबा १ बजे आफैँ अनियन्त्रित भई सडक किनारमा पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनामा भ्यानका चालक ताप्लेजुङ फुङलिङ–२ का ३० वर्षीय लाक्पा थेपेन शेर्पा पनि घाइते भएका छन्।
त्यसैगरि भक्तपुर चाँगुनारायण–१ का १२ वर्षीय सेसेहाङ सुवा, ३४ वर्षीय प्रेम यौङहाङ ३२ वर्षीय टिका लिम्बु, अर्जुनधारा–१० का ४४ वर्षीय विजय लिम्बु, ४४ वर्षीय मनकुमारी लिम्बु, १९ वर्षीय सुविमा लिम्बु, दमक–३ की २१ वर्षीया मनिता धिमाल र ४३ वर्षीया रिता धिमाल घाइते भएका प्रहरीले जनाएको छ।
उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ भदौ २०८२, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन
सिन्धुलीमा गाडी दुर्घटना, ४ जना घाइते
चितवनमा दुर्घटना बढ्दाे : गत साउनदेखि कात्तिकसम्म २९ जनाको मृत्यु
विभिन्न स्थानमा भएको दुर्घटनामा परि ३ जनाको मृत्यु
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु