काठमाडौँ । राष्ट्र बैंकले आज बुधबार ३० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले २५ दिनका लागि सो निक्षेप खिच्न लागेको हो । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले २५ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ । बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।
घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्ष हरेक महिना बैंक तथा वित्तीय संस्थामा औसत ६ खर्बभन्दा बढी अधिक तरलता रहँदै आएको थियो । गत आर्थिक वर्षको असार मसान्तमा यस्तो रकम बढेर साढे १० खर्ब रुपैयाँ पुगेको थियो ।
बैंक तथा वित्तीय प्रणालीमा अहिले साढे १० खर्बकै हाराहारीमा अधिक तरलता छ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ भदौ २०८२, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३५ दिनका लागि ४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
आज ५० अर्ब तान्दै राष्ट्र बैंक
आज २५ अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
दुई वाणिज्य बैंकसहिच चार वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा
५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीमा तरलता बढेसँगै थप ५० अर्ब उठाउँदै राष्ट्र बैंक