एजेन्सी । नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताएअनुसार विस्थापितहरूका लागि पालहरू र अमेरिकी समर्थित सहायता वितरण केन्द्रहरू नजिकै प्यालेस्टिनीहरूको भेलालाई लक्षित इजरायली गोलाबारी र गोलीबारीबाट ३० जनाको मृत्यु भएको छ ।
इजरायली सेनाले दक्षिणी गाजाको रफाहको उत्तरमा सहायता केन्द्रहरू नजिक गोलीबारी गर्दा दुई जनाको मृत्यु भएको छ भने खान युनिसको मावासी क्षेत्रमा अर्को एक जनाको मृत्यु भएको छ । मध्य देइर अल–बलाहमा अबु सफार मल नजिकै भएको हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने नेत्जारिम जंक्शन नजिकै भएको अर्को आक्रमणमा एक जनाको मृत्यु भएको छ ।
धेरै घाइते भएका छन् । बसालका अनुसार खान युनिसमा रहेको विस्थापन पालमा भएको आक्रमणमा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ । गाजा शहर र खान युनिसको पश्चिममा थप आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने देइर अल–बलाहको दक्षिणपूर्वमा किसुफिम क्षेत्र नजिकै इजरायली गोलीबारीबाट पाँच जनाको मृत्यु भएको छ । देइर अल–बलाहको अल–बसाह क्षेत्रमाविस्थापन पालमा भएको आक्रमणमा एकदेखि १३ वर्ष उमेरका तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको बताउनु भयो । यसैबीच मध्य गाजाको सलाह अल–दिन स्ट्रिटमा रहेको सहायता वितरण बिन्दु नजिकै नागरिक भेलामा भएको आक्रमणपछि अल–अवदा अस्पतालले दुई जनाको शव र सात जना घाइते भएको रिपोर्ट गरेको छ ।
यी घटनाहरूमा इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी आएको छैन । मार्च १८ मा, इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको हो । इजरायलले आफ्नो हमलाहरू तिब्र बनाएसँगै १० हजार ४ सय ६० प्यालेस्टिनीहरू मारिएका छन् । ४४ हजार १ सय ८९ जना घाइते भएका छन् । जसले गर्दा अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ६२ हजार ४ पुगेको छ । १ लाख ५६ हजार २ सय ३० जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०४ भदौ २०८२, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
गाजा इजरायल शान्ति योजना अनुमोदन, ७२ घण्टापछि २० बन्धक रिहा हुने
इजरायलले गाजामा गरेको आक्रमणमा ८० भन्दा बढी प्यालेस्टिनी मारिए
गाजामा इजरायली आक्रमण : एकै परिवारका कम्तीमा २५ जनाको मृत्यु
गाजामा इजरायली सेनाद्वारा ५० प्यालेस्टिनीको हत्या
गाजामा युद्धविराम र बन्धक रिहाइको माग गर्दै इजरायलमा हजारौँ मानिस सडकमा