काठमाडौँ । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले एमालेमा अहिले कुनै पनि गुट नरहेको दाबी गरेका छन् । प्रेस चौतारी ताप्लेजुङले आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिङ्गो एमाले एकताबद्ध रहेको बताएका हुन् ।
भट्टराईले देशको आवश्यकताले नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सहितको सरकार बनेकोले आगामी निर्वाचनसम्म यही सरकार रहने बताए । ‘देशमा विषम परिस्थिति सृजना भएकोले गत वर्ष नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएको हो’ भट्टराईले भने– ‘सरकारले देशको आर्थिक स्थिति,अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाएको छ । कतिपय कानुन संशोधन गरेको छ । विकासका कामलाई तीव्रता दिएको छ ।’
भट्टराईले संविधान संशोधनको समयमा स्थानीय तहको सङ्ख्या घटाएर र वडाको सङ्ख्या बढाउनुपर्ने धारणा राखे । संविधान संशोधनका क्रममा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष र संवैधानिक आयोगका सङ्ख्या पनि घटाउनुपर्ने भट्टराईको भनाइ छ ।
वर्तमान सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको र सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेको भन्दै उनले एमालेको नेतृत्वमा सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको बताए ।
सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेर लगानीका लागि आह्नवान गरेको छ’ भट्टराईले भने ‘थुप्रै आर्थिक ऐन संशोधन भएका छन् । केही नयाँ बनाइएको छ । विदेशी लगानीलाई निरुत्साहित गर्ने कानुनलाई संशोधन गरिएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ भदौ २०८२, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपिन जोशीको रिहाइका लागि कूटनीतिक पहल गर्न योगेश भट्टराईको ध्यानाकर्षण
‘कुलिङ अफ पिरियड’मा प्रचण्डलाई छानबिनको दायरामा ल्याउनु पर्छ : योगेश भट्टराई
विमानस्थल थप्ने कुरा फेसन बन्यो, भोटका लागि नथपौँ: योगेश भट्टराई
हेवा खोलामा निर्माणाधीन बेलिब्रिजको बाँकी काम पूरा गर्न सांसद भट्टराईको माग
'संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ' : योगेश भट्टराई
भैरहवा एयरपोर्ट छानबिन समितिमा बस्दिनँ’: योगेश भट्टराई