जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको नवनिर्मित प्रशासनिक भवनको आज एक समारोहबीच उद्घाटन गरेका छन् ।
मधेस प्रदेश सरकारको करिब रु २३ करोड १० लाख ४३ हजार ४०७ को लागतमा निर्माण भएको सुविधा सम्पन्न उक्त भवनमा ६८ वटा कोठा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयले बहु वर्षीय योजनाअन्तर्गत सो भवन निर्माण गरेको हो । यसअघि आफ्नो भवन नभएकाले मधेस प्रदेश प्रहरी भाडाको घरमा बस्दै आएको थियो । जनकपुरधाम वडा नंं ४ स्थित नवनिर्मित भवन सञ्चालनमा आएपछि मधेस प्रदेश प्रहरीको कार्यक्षमतामा विस्तार हुने विश्वास प्रदेश सरकारको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ साउन २०८२, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली