काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँ बराबरको १ लाख ९५ हजार १९५ कित्ता सेयर निष्काशन गरिएको छ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन भदौ ३ गतेसम्म दिन सकिने छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० साउन २०८२, १० : ३९
लेखकबाट थप