काठमाडौँ । विधान महाधिवेशन समेट्नुपर्ने सुझाव सङ्कलन गर्न नेकपा एमाले कोशी प्रदेशले सचिव राजकुमार भण्डारीको सयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरेको छ ।
धनकुटाको हिलेमा बसेको प्रदेश कमिटीको बैठकले विधानका विषयमा मातहतका कमिटीबाट सुझाव सङ्कलन गरेर केन्द्रमा पठाउन कार्यदल बनाएको अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।
खतिवडाका अनुसार कार्यदलमा अनन्त साँवा (ताप्लेजुङ),प्रेम गीरी (झापा),इन्द्रमणी पराजुली (धनकुटा)खड्ग राई (संखुवासभा),इश्वरमणी राउत (उदयपुर),सत्यनारायण चौधरी (मोरङ) रहनु भएको छ । यसैगरी सृजना राई (भोजपुर), राजन ढकाल (खोटाङ) र सोम पोर्तेल (झापा) रहेका छन् ।
अध्यक्ष खतिवडाले भदौ ३ गते देखि प्रदेशका १४ वटै जिल्लामा जिल्ला कमिटी बैठकहरू बोलाइएको बताए ।
एकसातामा भित्र आयोजना हुने बैठकमा विधान संशोधनका विषयमा व्यापक बहस हुने,त्यहाँ प्राप्त सुझावलाई प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा पठाउने तयारी छ । जिल्लाका बैठकहरूमा साउन ६ गते सकिएको केन्द्रीय कमिटीको बैठकका निर्णय र त्यसपछि जारी भएको अन्तरपार्टी निर्देशन १२ सँग नबाझिने गरी छलफल हुने नेताहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० साउन २०८२, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको कान्छो केन्द्रीय सदस्य बने रौनित साह
मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउने
एमालेको प्रचार सामग्रीले कुरूप बन्यो भृकुटीमण्डप क्षेत्र
एमाले महाधिवेशन : प्राविधिक भन्छन् : समस्या सुल्झियो, मतदानका लागि तयार छौं
एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव
ओली डराउँदा झुलाइयो मतदाता ? : जाडोको बहाना