एजेन्सी । गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा सय जनाको ज्यान गएको छ। बुधबार उत्तरी गाजामा राहत व्यवस्थित गराउन गएका प्यालेस्टाइनमा भएको हमलामा मात्र १२ जनाको ज्यान गएको छ। यसैगरी राहत लिन गएका अन्य ३७ जना मारिएका छन्। यी मध्य रफाहाको उत्तरी भागमा १६ जना मारिएका हुन्।
२४ घण्टाको अन्तरालमा कुपोषणका कारण तीन बालबालिकासहित आठ जनाको ज्यान गएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ को अक्टोबरमा इजरायलले आक्रमण सुरु गरेपछि गाजामा २३५ जनाको कुपोषणको कारण ज्यान गएको छ। यी मध्य १०३ जना बालबालिका छन्।
युद्धको समयमा इजरायलले गाजाको स्वास्थ्य संरचनालाई पनि निसाना बनाएको छ। सो निसानामा स्वास्थ्यकर्मी र प्यारामेडिक्स पनि परेका छन्। यसरी अनाहकमा मानिसको ज्यान जानेक्रम बढेपछि हमासले नै युद्ध विराम र वार्तामा चासो दिन थालेको छ। बुधबार हमासले इजिप्टमार्फत युद्ध विराममा चासो दिन थालेको हो।
यसअघि जुलाई महिनामा कतारमा भएको वार्ता निष्कर्ष हीन भएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ३० साउन २०८२, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ