काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राजनीति र नीतिमा देखिएको अस्थिरतालाई अन्त्य गर्नको लागि अहिलेको सरकार बनेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै संसद्को बहसलाई अर्थहीन विषयमा प्रयोग भइरहेको बताए।
उनले भने, ‘सरकारले गरेको सकारात्मक काममाथि प्रश्न उठोस् भन्ने चाहन्थे। तर, संसद् होस् वा सार्वजनिक बहसलाई अर्थहीन विषयमा विषयान्तर गर्ने प्रयास भइरहेको छ। यस्ता बहसले देशमा केही गरौँ भन्नेको लागि होइन, युवाहरूलाई भरोसा प्रदान गर्न पनि होइन ।उनीहरूलाई गाली, निन्दा, आरोपमा भुलाउने र समाजलाई उत्तेजनामा ल्याउने नियत राखेको छ।’
उनले संसद्मा उठेको विषयहरू पनि राष्ट्रिय आवश्यकता नभएको बताए। सदनलाई सामाजिक सञ्जाललाई कन्टेन उत्पादन गर्ने थलोका रूपमा स्थापित गर्ने दुष्प्रयास भइरहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ साउन २०८२, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली