काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली फेरि एकपटक ‘स्टन्टबाज’ प्रधानमन्त्रीको रूपमा चर्चामा आएका छन् । तीन दिनअघि मात्र सरकारले मल मौज्जाद भएको गर्विलो तथ्याङ्क फेसबुकमा पस्किएका ओली दुई दिनपछि भने कर्मचारीलाई बोलाएर मल अभाव किन भयो भन्दै थर्काउँदै देखिए । यसलाई धेरैले ‘डबल स्टन्ट’ भनेका छन् ।
पहिलो पटक प्रधानमन्त्री हुँदा पानीजहाजदेखि मेगा योजनाको स्टान्टबाजीका साथ देखिएका ओली अहिले कांग्रेस एमालेको बलियो संयुक्त सरकारको प्रधानमन्त्रीको कुर्सीमा बसिरहँदा समेत काम देखाउन नसकेर आलोचित भईरहेका छन् । उल्टै शुसासनका पक्षमा का मगदैं गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार हटाएर काग्रेस र एमालेले भष्टाचारीहरुको संरक्षण गरेको आरोप लागिरहेको छ ।
सरकारले काम देखाउन नसकी आलोचना खेपिरहेका बेला आलोचनाको विषयलाई विषयान्तर गर्न ओली अहिले फेरि स्टन्टको सहारामा चर्चामा रहन खोज्दै छन् । सरकार आलोचनाको भुमरीमा फँसिरहेकै बेला उनले सामाजिक सञ्जालमार्फत कृषि क्षेत्रमा मल पर्याप्त भएको दाबी गरे । १० अगस्ट (साउन २५ गते) राति ८ बजेर १० मिनेटमा उनले पोस्ट गरे –“यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छ । तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मौज्जाद छ, १ लाख ४० हजार ५०४ मेट्रिक टन आउने क्रममा छ । खेतबारी हराभरा बनाऔं !”
हेर्नुहोस् ओलीले सामाजिक सन्जाल फेसबुकमा गरेको पोष्ट :
माथीको यो स्टाट्समा प्रधानमन्त्री ओलीले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमा मौज्जाद रहेको मलको विस्तृत विवरण पनि उल्लेख गरेका मात्र छैनन्, सरकारसँग प्रर्याप्त भल रहेको र कतै मल अभाव देखिए सम्वन्धित निकायमा खबर गर्न समेत आग्रह गरेका छन् ।
तर, यथार्थ प्रधानमन्त्री केपी ओलीले दावी गरेको भन्दा बेग्लै र अर्कै थियो । मुलुकका विभिन्न जिल्लाबाट किसान मल नपाएर घण्टौं लाइनमा बसेको, पसिना बगाउँदै सरकारसँग गुहार मागिरहेको दृश्य आईरहेकै थियो । थप आउन थाल्यो । यता फेसबुकमा ‘खेतबारी हराभरा बनाऔं’ भन्ने प्रधानमन्त्रीको गफ, उता किसानको भोकभोकै मल खोज्दै अलपत्र परेको अवस्था – यो विरोधाभासले जनआक्रोश बढायो ।जनता र मिडियाबाट आलोचना बढ्दै जाँदा ओलीले दोस्रो स्टन्ट देखाए । मंगलबार कृषि र उद्योगमन्त्रीसहितका अधिकारीलाई बोलाएर ‘मल चाहिन्छ’ भन्दै थर्काउने दृश्य नै निर्माण गरियो । बैठकमा उनले तीन बुँदे निर्देशन दिए –
१. मल वितरण चुस्त बनाउन नयाँ ढाँचाको ठोस योजना
२. कम्पोष्ट र अग्र्यानिक मल उत्पादन–प्रयोगका लागि राष्ट्रिय अभियान
३. नेपालमै मल कारखाना खोल्न अध्ययनको खाका
हेर्नुहोस् ओलीले सामाजिक सन्जालमा सार्वजनिक गरेको दोस्रो पोष्ट :
निर्देशन दिनु सामान्य प्रक्रिया भए पनि यसपटक प्रधानमन्त्रीले आफ्नै सचिवालयमार्फत कर्मचारी थर्काईरहेको र आफुले किसानको पक्षमा गम्भिर भएर काम गरिरहेको सन्देश दिन कर्मचारी थर्काएको भिडियो खिचाएर सामाजिक सञ्जालमा पोस्ट गरे । यो दृश्य हेरेपछि उनका समर्थकले “प्रधानमन्त्री एक्सन मोडमा” भन्दै हल्ला मच्चाए ।
तर ओली त्यत्तिमै रोकिएनन् । आज बिहान (बुधबार) तेस्रो पोस्ट गर्दै भने – “जवाफदेही निकाय जवाफदेही हुन नसक्दा नै काम गर्नेले गाली पाउँछ, विरोध गर्नेको वाहवाही हुन्छ । किसानको गुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिएको छु । समस्या हेरेर बस्ने होइन, समाधान गर्ने हो ।”
हेर्नुहोस् बुधबार बिहान सार्वजनिक गरेको तेस्रो पोष्ट । यसमा त झन् ओलीले थर्काएको भिडियो समत छ ।
यसरी दुई दिनको अन्तरालमै ‘मल मौज्जाद’ र ‘मल अभाव’का दुई विपरीत सन्देश दिँदै ओलीले आफ्नै दाबीलाई आत्मगोल हाने । राजनीतिक विश्लेषकहरू भन्छन् – यो शैली ओलीको नयाँ होइन । निर्माण पुरा नभएको धरहरा उद्घाटन गरेर नाम लेखाउने हतार, स्थानीय तहमा एकैपटक सयौं स्वास्थ्य चौकीको सिलान्यास गर्ने प्रवृत्ति, र जसमा पनि आफ्नो नाम टाँस्ने बानी – यी सबै उनको ‘सिग्नेचर स्टन्ट’ हुन् ।
यसपटकको मल प्रकरणमा पनि उनले पहिलो पोस्टले आत्मविश्वास देखाउने प्रयास गरे, दोस्रो पोस्टले कार्यकर्ता–समर्थकलाई ‘कड्केको छ’ हैं, प्रधानमन्त्रीले काम नगरेको होइन, गरिरहेको छ भन्ने सन्देश दिन खोजे, र तेस्रो पोस्टले जनतालाई आफू समस्या समाधानकर्ता भएको देखाउन खोजे । तर, किसानको खाली बोरा र लामो लाइनले उनको यी सबै स्टान्टबाजीलाई गिज्याइरहेको छ ।कृषि नीति, आपूर्ति व्यवस्थापन र किसानको पीडा समाधान गर्ने गहिरो उपायभन्दा फेसबुक पोस्ट र भिडियो थर्काइमा रमाउने प्रधानमन्त्रीको यो ‘डबल स्टन्ट’ले मुलुकमा नाटकीय राजनीति अझै टाट पल्टिएको प्रमाण दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ साउन २०८२, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने
प्रधानमन्त्रीको निर्देशन - ‘मेरो नाम भजाएर कसैले गलत काम गराउन खोजे झपारेर पठाउनुस्’
हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री ओली
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्छ : प्रधानमन्त्री ओली
विद्युत व्यापारमा साढे चार अर्ब फाइदाः प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै