काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकारले आफू अनुकूल कानुन बनाउने, न्यायपालिकाको स्वतन्त्रता कुण्ठित पार्ने र मिडियामाथि नियन्त्रण गर्ने गरिरहेको आरोप लगाउँदै आलोचना गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले सरकार स्वयंको कारण लोकतान्त्रिक व्यवस्था खतरामा रहेको टिप्पणी गरेका हुन् ।
उनले भिजिट प्रकरणदेखि पासपोर्ट छपाइमा भागबण्डा, ‘कुलिङ पिरियड’ दुरुपयोग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेका संसद् र सरकार उदासीन रहेको आरोप पनि लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हाउ डेमोक्रेसी इज डाई भन्ने किताब पढ्न र आफ्नो सरकारले एक वर्षदेखि गरिरहेका कामको मूल्याङ्कन गर्न आग्रह समेत गरे ।
सांसद खनालले भन्, ‘हामीले भिजिट भिसा प्रकरणको स्वतन्त्र छानबिनको माग गर्दा लिचिबारीको अडियो टेप आयो, पासपोर्ट छपाइमा भागबण्डा भएको खबर बाहिरियो र कुलिङ पिरियडको बदमासीको जिम्मेवारी लिनुपर्छ भन्ने कुरा आयो र पनि संसद् मौन छ । र उल्टै विपक्षीको आवाजलाई निस्तेज पार्ने प्रयास भइरहेको छ । केही दिनअघि एयरपोर्टको अध्यागमनमा गृह मन्त्रालयका कर्मचारीले अझै पनि घुस लिइरहेको सूचना प्रहरी कहाँ पुग्छ । तर गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन अगाडि बढ्दैन ।’
उनले थपे, ‘लोकतन्त्र मास्न खोज्नेहरू आफ्नो अनुकूल कानुन बनाउँछन् । न्यायपालिकाको स्वतन्त्रतालाई कुण्ठित पार्छन् । कार्यकारी अधिकार बलियो बनाएर मिडियामाथि नियन्त्रण गर्न खोज्छन् । र पनि प्रधानमन्त्रीज्यू भन्नुहुन्छ व्यवस्थाविरोधी शक्तिहरू संसद् अवरुद्ध गरिराखेका छन् । प्रधानमन्त्रीलाई मेरो आग्रह छ, हाउ डेमोक्रेसीज् डाई भन्ने किताब पढ्नुहोस् । र अनि आफ्नो सरकारले एक वर्षदेखि गरिरहेका कामहरूसँग मूल्याङ्कन गर्नुहोला । हामी सुशासन होस्, भ्रष्टाचारी मन्त्रीहरू पदमा नरहुन् भन्ने चाहान्छौं, तपाई के चाहनुहुन्छ ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ साउन २०८२, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
तीन वर्षमै रास्वपामा आधा दर्जन बढी विवाद
रुपन्देही-३ उपनिर्वाचनका लागि उम्मेदवार छनोटबारे रास्वपाले गर्यो आकांक्षीसँग छलफल
यस्ता छन् रास्वपा केन्द्रीय समिति बैठकका निर्णय
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
रुपन्देही-३ मा रास्वपा उम्मेदवार हुन ९ जनाको आवेदन