काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई जीवनयापनको साधनमात्र नभइ सम्मानजनक, नाफामुलक र दिगो पेशा बनाउन ठोस कदम चाल्नुपर्ने बताएका छन ।
मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले जलवायु स्मार्ट कृषि प्रविधि र बीउबिजन, अनुसन्धानमा लगानी, कृषक उद्योग बजार, एकीकृत प्रणाली, वित्त समावेशीकरण, सहुलियत ऋण, बीमा र कृषक कोष प्रादेशिक वा स्थानीय तहमा कृषि व्यवसाय इन्कुबेसन केन्द्र स्थापना जस्ता कार्यक्रमहरुका माध्यमबाट प्रवद्र्धन गर्नुपर्ने बताए । नेपालको पहाडी र पर्वतीय कृषि अनुभवले जलवायु अनुकुलन, अधिकतम उपयोग र समुदायमा आधारित दृष्टिकोणका क्षेत्रमा विश्व समुदायलाई महत्वपूर्ण सूचना उपलब्ध गराउनसक्ने जिकिर गरे । पारिवारिक खेती प्रणालीको दिगो विकास र साना किसानले अन्तर्राष्ट्रिय बजारमा समान पहुँच र लाभ पाउन सकुन् भन्ने उद्देश्यका लागि कृषि उपजका करमा विश्लेषण गरी लचकता अपनाउने र न्यायसंगत व्यापार अवसरको प्रवद्र्धन गर्ने पक्षमा सामुहिक वकालत गर्नुपर्ने बताए । नेपालमा साना तथा पारिवारिक किसानको आवश्यकतालाई प्राथमिकता दिने नीतिहरु निर्माण र सर्वोत्तम अभ्यासहरु आदानप्रदानमा सक्रिय रहन क्षेत्रीय साझेदारी गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
मन्त्री अधिकारीले भने, ‘नेपालको पहाडी र पर्वतीय कृषि अनुभवले जलवायु अनुकुलन, अधिकतम उपयोग र समुदायमा आधारित दृष्टिकोणका क्षेत्रमा विश्व समुदायलाई महत्वपूर्ण सूचना उपलब्ध गराउन सक्दछ । पारिवारिक खेती प्रणालीको दिगो विकास र साना किसानहरुले अन्तर्राष्ट्रिय बजारमा समान पहुँच र लाभ पाउन सकुन् भन्ने उद्देश्यका लागि हामीले कृषि उपजका करमा विश्लेषण गरी लचकता अपनाउने र न्यायसंगत व्यापार अवसरको प्रवद्र्धन गर्ने पक्षमा सामुहिक वकालत गर्नुपर्ने भएको छ । नेपालमा साना तथा पारिवारिक किसानहरुको आवश्यकतालाई प्राथमिकता दिने नीतिहरु निर्माण र सर्वोत्तम अभ्यासहरु आदानप्रदानमा सक्रिय रहन क्षेत्रीय साझेदारी गर्नुपर्ने आवश्यकता महशुस गरिएको छ । पारिवारिक खेतीलाई जीवनयापनको साधनमात्र होइन, एक सम्मानजनक, नाफामुलक र दिगो पेशा बनाउन ठोस कदम चाल्नका निमित्त सबै सहभागीहरुमा अनुरोध गर्दछु । जलवायु स्मार्ट कृषि प्रविधि र बीउबिजन, अनुसन्धानमा लगानी, कृषक उद्योग बजार, एकीकृत प्रणाली, वित्त समावेशीकरण, सहुलियत ऋण, बीमा र कृषक कोष प्रादेशिक वा स्थानीय तहमा कृषि व्यवसाय इन्कुबेसन केन्द्र स्थापना जस्ता कार्यक्रमहरुका माध्यमबाट हामीले पारिवारिक खेतीको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको मैले महशुस गरेको छु ।’
मन्त्री अधिकारीले पारिवारिक खेती प्रणालीलाई समावेशी, ग्रामिण रुपान्तरणको प्रमुख घटक र जलवायु परिवर्तनको चुनौतिबीच दिगो विकासको आधार स्तम्भको रुपमा विकास गर्नुपर्ने बताए । नेपालले दिगो, समावेशी र जलवायु उत्थानशल कृषि क्षेत्र निर्माण गर्ने अटल प्रतिवद्धता लिएर अघि बढेको बताए । —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ साउन २०८२, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुन नबन्दा भूमिसम्बन्धी समस्या समाधान गर्न सकिएन : मन्त्री अधिकारी
हदबन्दी मिचेर राखिएको जग्गा सरकारको स्वामित्वमा ल्याउँछौँ : मन्त्री अधिकारी
हाउजिङ कारोबारमा कानुनी अनुशासन ल्याउन विधेयक ल्याइएको हो, सतही हल्ला नगर्नुहोस् : मन्त्री अधिकारी
काँग्रेसद्वारा मन्त्री अधिकारीको ३२ लाख घुसको अडिओबारे छानबिन गर्न माग
आज एक वर्षे उपलब्धि सार्वजनिक गर्दै अडियो काण्डमा मुछिएका मन्त्री अधिकारी
निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछ : मन्त्री अधिकारी