काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विगतमा गठन गरिएका भूमि आयोगहरूले अपेक्षित अधिकार नपाउँदा काम प्रभावकारी हुन नसकेको बताएका छन् ।
प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको मंगलबार जवाफ दिँदै मन्त्री अधिकारी यस्तो बताएका हुन् ।
सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने कुरामा भएको कानुनी अड्चन फुकाउन ऐन संशोधन गर्न लागिएको उनको भनाइ छ । भूमिहीनहरूको वर्गीकरणको अधिकार स्थानीय सरकारलाई भएको उल्लेख गर्दै पालिकाले गर्ने वर्गीकरणका आधामा जग्गा उपलब्ध गराउने विषयमा सरकार स्पष्ट रहेको मन्त्री अधिकारीको भनाइ छ ।
कुनै पालिकाले भूमिहीनहरूको वर्गीकरण गरेर नपठाएको अवस्थामा त्यस्तो पालिकामा काम गर्न नसकिने उनको भनाइ छ । उनले हदबन्दीभन्दा बढी जग्गा भएका कम्पनीहरूको नाममा रहेको जग्गा स्वतः सरकारको नाममा आउने स्पष्ट पारे । हदबन्दीभन्दा बढी जग्गा कुनै पनि हालतमा विक्री गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।
ऐन कार्यान्वयन भएपछि भूमि समस्या समाधान आयोगले आफ्नो काम सुरु गर्ने र यही आयोगलाई अन्तिम आयोगको रूपमा स्थापना गर्ने सरकारको योजना मन्त्री अधिकारीको भनाइ छ ।
समितिले विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल सकाएको छ । बुधवारदेखि विधेयकमाथि दफावार छलफल हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ साउन २०८२, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारीलाई व्यवस्थित गर्न सहकारी ऐन परिवर्तन गर्न तयार छौँः मन्त्री अधिकारी
पारिवारिक खेतीलाई नाफामुलक र दिगो पेशा बनाउन ठोस कदम चाल्नुपर्छः मन्त्री अधिकारी
कानुन नबन्दा भूमिसम्बन्धी समस्या समाधान गर्न सकिएन : मन्त्री अधिकारी
हाउजिङ कारोबारमा कानुनी अनुशासन ल्याउन विधेयक ल्याइएको हो, सतही हल्ला नगर्नुहोस् : मन्त्री अधिकारी
काँग्रेसद्वारा मन्त्री अधिकारीको ३२ लाख घुसको अडिओबारे छानबिन गर्न माग
आज एक वर्षे उपलब्धि सार्वजनिक गर्दै अडियो काण्डमा मुछिएका मन्त्री अधिकारी