हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज (साउन २७ गते) देखि नयाँ भवनमा बस्ने भएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत आज त्यही भवनमा लिने प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।
२०७७ मंसिर १० मा शिलान्यास गरिएको उक्त भवन निर्माण सकिन झन्डै ४ वर्ष लागेको हो। २०७७ मंसिरमा ठेक्का लागेको भवन ४ करोड ३७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो।
नयाँ भवनमा अब प्रदेशसभाको बैठक र काम/कारबाही सञ्चालन गर्न सहज हुने सचिव पौडेलले बताए।नयाँ सभाहलमा २ सय ५० जना अट्ने क्षमता छ। भवनको लम्बाइ १ सय ४० मिटर र चौडाइ ८० फिट छ।
भित्री संरचनासहित माइक, जेनेरेटर र आवश्यक उपकरणको जडान पनि सम्पन्न भइसकेको सचिव पौडेलले जानकारी दिए। तर यो भवनलाई पनि अस्थायी भनिएको छ।
२०७७ सालमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभा कार्यकक्ष साँघुरो भएपछि अस्थायी भवन निर्माण गर्ने प्रक्रिया सुरु गरेका थिए। स्थायी भवन निर्माणका लागि तत्काल जग्गा नपाएपछि प्रदेश सरकारले अस्थायी भवन निर्माण थालेको थियो।
भवन बनेको जग्गा प्रदेश सरकारको स्वामित्वमा नरहेका कारण यसलाई अस्थायी भवन भनिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ साउन २०८२, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभामा बैठक बस्दै
बागमती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै
बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने
बागमती प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत गरिने
लुम्बिनी प्रदेशसभा बैठक बस्दै