माबिलुङ इनर्जी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०८२, ११ : ५४
माबिलुङ इनर्जी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौँ। माबिलुङ इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणलाई प्राथमिक सेयर(आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले कुल जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात् १५ लाख ४ हजार ७०६ कित्ता साधारण शेयर निष्कासनमा ल्याएको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा(संखुवासभा जिल्लाका केही वडा) र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि क्रमशः १०–१० प्रतिशत शेयर छुट्याएर जारी गरिसकेको छ ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित आईपीओको लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५०,००० कित्तासम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको आस्वा सेवा प्रयोग गरी वा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिन अन्तिम मिति साउन २९ गते रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस