काठमाडौं । ७ असार २०७९ मा टेलिभिजन पत्रकारिता छाडेर रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी नामको राजनीतिक दल गठन गरे । उनलाई राजनीतिमा आउने भोक जब उनी टेलिभिजन पत्रकारितामा चर्चित हुन थाले त्यसबेला देखिकै हो । अझ उनको जीवनमा ३० साउन २०७६ मा आफैसँग पत्रकारितामा सहकार्य गरेका शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनको घटना जोडिएर आयो, त्यसवेला रविले अब आफु पनि राजनीतिमा नआई नहुने निश्कर्ष निकालिसकेका थिए ।
तर उनी उपयुक्त समयको पर्खाईमा थिए । देशभित्रका पूराना दलहरुप्रति जनतामा आकर्षण थिएन । माओवादीको १० वर्षे जनयुद्ध र त्यसैको जगमा भएको २०६२र०६३ को जनआन्दोलनले ब्यवस्था परिवर्तन भएको थियो, जनताको अवस्थामा कुनै परिवर्तन आएको थिएन । कांग्रेस, एमाले र माओवादी जस्ता पूराना दलहरुभित्रै वैकल्पिक राजनीतिक शक्तिको चर्चा शुरु भएको थियो । डा बाबुराम भटटराई, उज्जवल थापा लगायतले नयाँ बैकल्पिक राजनीतिक शक्तिको चर्चा र अभ्यास सुरु गरेका थिए । तर त्यो प्रयास पनि सार्थक हुन सकिरहेको थिएन ।
रवि आफैको समेत केही प्रतिशत सेयर रहेर सुरु गरेको ग्यालेक्सी फोर के टेलिभिजनमा उनको मुख्य सञ्चालक अध्यक्ष जीबी राईसँग आन्तरिक द्दन्द्द सुरु भएको थियो । आफै जोडिएर खोलेको टेलिभिजनमा छोटै समयमा कि बाहिरिनु पर्ने या सम्झौता गरेर बस्नुपर्ने अर्का पेशागत बाध्यता उनका लागि आईलागेको थियो । भलै, यो विषयमा उनले मुख खोलेका छैनन । तर ग्यालेक्सी फोर के मा उनी हट्ने या हटाइने गरी वतावरण अस्वस्थ्थ हुँदै थियो ।
त्यही समय अर्थात २०७९ बैशाखमा मुलुकमा स्थानीय तह चुनाव भयो । काठमाडौँ, धनगढी, धरान लगायतका विभिन्न स्थानमा ठूलो मतान्तरले स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भए । त्यसपछि भने उनलाई लाग्यो, टेलिभिजन पत्रकारिता चटट छोडेर राजनीतिमा फड्को हान्ने उपयुक्त समय यही हो ।
त्यसपछि नै हो, उनले ७ असारमा राष्ट्रिय सभा गृहमा टेलिभिजन कार्यक्रमबाटै कमाएका आफना शुभचिन्तकहरुलाई अगाडी राखेर औपचारिक पार्टी गठनको घोषणा गरेको । त्यही दिन उनले निर्वाचन आयोगमा पुगेर दल दर्ताको निवेदन दिए ।
‘अब जान्नेलाई छान्ने’ नारा दिए । चुनाव चिन्ह्र गोलाकारभित्रको घण्टी लिए । (अहिले निर्वाचन आगोगले गोलाकार हटाईदिएको छ । घण्टी मात्र चुनाव चिन्ह्र छ) देशका मुख्य शहरहरुमा स्वतन्त्रको चर्चा चलिरहेका बेला उनले चलाखीपूर्ण ढंगले पार्टी नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखे । सुरुमा त्यसरी स्वतन्त्र नाम राख्न नपाइने भनी राजनीतिक वृत्तमा विरोध भयो । तर पनि १७ असारमा उनको दललाई निर्वाचन आयोगले बैधानिकता दियो । उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी विधिबत रुपमा निर्वाचन आयोगमा दर्ता भयो ।
स्थापना भएको ६ महिनामै २० सीट जितेर रास्वपाले परम्परागत दलमाथि चुनौती खडा गरेको थियो । पार्टी स्थापनाको छोटो समयमै रास्वपा एकपछि अर्को विवादमा तानियो ।
सभापति विवादमा तानिए । सुरुमा नागरिकता विवादमा फसे । उनको दोहोरो नागरिकता विवादमा अन्ततः उपचुनाव भयो । त्यसपछि फेरि उनै चुनाव लडेर जिते ।
महामन्त्री डा. मुकुल ढकालको विषयले पनि विवाद थप्यो । अझै यो लफडा जारी छ । रास्वपाले मुकुल ढकाललाई पदबाट हटाएपनि ढकाल सर्वाेच्च् अदालतसम्म पुगेका छन् ।
मन्त्री बन्न पैसा लेनदेन गरेको अडियो नै सार्वजनिक भएपछि ढाकाकुमार श्रेष्ठको सांसद पद गयो । ढाका अहिले जेलमा छन् । उपसभामुख हुँदा अनधिकृत रूपमा केही युवालाई अमेरिका पठाउन लेटरहेड दुरुपयोग गरेको आरोप इन्दिरा रानाले खेपिन् ।
सभापति रवि लामिछाने शुरूमै नागरिकतामा दोषी देखिए । उनको सांसद पद नै गयो । पुन चितवनबाटै निर्वाचित भए । ग्यालेक्सी टीभी चलाउँदा सहकारी ठगी गरेको प्रकरणमा रविविरुद्ध पाँचवटा जिल्ला अदालतमा मुद्दा चलेको छ । यसअघि उनका विश्वासपात्र नेता डा. मुकुल ढकालले सभापतिमाथि गम्भीर आरोप लगाएका थिए । आरोपकै कारण रास्वपाले ढकाललाई महामन्त्रीबाट हटायो । तर, पनि रास्वपामा यस्ता विवाद आउने क्रम जारी नै छ ।
--
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ साउन २०८२, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाका नेता प्रणय शमशेरले त्यागे पार्टी सदस्यता
बालेन्द्र शाह आज पुर्ख्यौली गाउँ महोत्तरीको एकडारा पुग्दै
चुनावको मुखमै रास्वपा सभापति रवि लामिछाने भारत जाँदै
फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने रास्वपाको तयारी
विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुने रास्वपाको विश्वास
रास्वपाले अर्यालको संयोजकत्वमा बनायो निर्वाचन सम्पादन समिति