काठमाडौ । यातायात व्यवस्थापनका साथै ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित सरकारले नयाँ सवारी तथा यातायात व्यवस्था ऐन ल्याउन लागेको छ ।
सो ऐनका लागि तयार गरिएको ‘सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ को मसौदा स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पठाइसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रीपरिषद्बाट स्वीकृत भइसकेपछि सो विधेयक संसद्मा पेस गरिने छ ।
मन्त्रालयका सहसचिव एवं पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख कृष्णराज पन्थले सडक यातायात सेवा सहज, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाई गुणस्तरीय यातायात सुविधा उपलब्ध गराउनुका साथै बढ्दै गएको ट्राफिक नियम उल्लङ्घन न्यून गर्न नयाँ ऐन ल्याउन लागिएको बताए ।
नयाँ ऐनमा ट्राफिक नियम उल्लङ्घनका ३४ वटा गल्तीमा तत्काल कारबाही हुने प्रस्ताव गरिएको छ । त्यसै गरी पाँच सयदेखि ५० हजार रुपियाँ जरिबाना गर्न सकिने व्यवस्था गरिएको छ । चोरीका सवारीसाधन चलाएमा ५० हजार रुपियाँ जरिबाना गरिने व्यवस्था गरिएको हो । ऐनमार्फत एकै पटक कारबाहीको दायरा र जरिबाना रकम बढाउन लागिएको उनको भनाइ छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ साउन २०८२, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
२५ सय सवारी चालकलाई ट्राफिक कारबाही
दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा
सुरक्षित सडकको सन्देश: नेपाल प्रहरी स्कुल शान्तिपुरका विद्यार्थी ट्राफिक स्वयंसेवक कार्यक्रममा सक्रिय
ट्राफिक कारबाहीबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन