ट्राफिक नियम उल्लङ्घनमा गर्दा ५० हजारसम्म जरिबाना हुने नियम आउँदै

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०८२, ०९ : ०४
ट्राफिक नियम उल्लङ्घनमा गर्दा ५० हजारसम्म जरिबाना हुने नियम आउँदै

काठमाडौ । यातायात व्यवस्थापनका साथै ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित सरकारले नयाँ सवारी तथा यातायात व्यवस्था ऐन ल्याउन लागेको छ । 

सो ऐनका लागि तयार गरिएको ‘सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ को मसौदा स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पठाइसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रीपरिषद्बाट स्वीकृत भइसकेपछि सो विधेयक संसद्मा पेस गरिने छ । 

मन्त्रालयका सहसचिव एवं पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख कृष्णराज पन्थले सडक यातायात सेवा सहज, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाई गुणस्तरीय यातायात सुविधा उपलब्ध गराउनुका साथै बढ्दै गएको ट्राफिक नियम उल्लङ्घन न्यून गर्न नयाँ ऐन ल्याउन लागिएको बताए । 

नयाँ ऐनमा ट्राफिक नियम उल्लङ्घनका ३४ वटा गल्तीमा तत्काल कारबाही हुने प्रस्ताव गरिएको छ । त्यसै गरी पाँच सयदेखि ५० हजार रुपियाँ जरिबाना गर्न सकिने व्यवस्था गरिएको छ । चोरीका सवारीसाधन चलाएमा ५० हजार रुपियाँ जरिबाना गरिने व्यवस्था गरिएको हो । ऐनमार्फत एकै पटक कारबाहीको दायरा र जरिबाना रकम बढाउन लागिएको उनको भनाइ छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस