एजेन्सी । गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु भएको छ। यो जानकारी हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको हो।
यसरी कुपोषणका कारण मृत्यु हुनेको कुल संख्या २१२ पुगेको छ, जसमा ९८ बालबालिका छन्। पछिल्लो २४ घण्टामा इजरायली सैन्य कारबाहीमा कम्तीमा ३८ जनाको मृत्यु भएको छ र ४९१ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले भनेको छ ।
गाजामा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। यसैबिच, इजरायली योजना अन्तर्गत गाजा शहरको नियन्त्रण लिने घोषणा पछि, त्यहाँका बासिन्दाहरूलाई शहर खाली गर्न ७ अक्टोबर २०२५ सम्मको समयसीमा दिइएको समाचार छ।
शुक्रबार जारी गरिएको विज्ञप्ति अनुसार, इजरायली सुरक्षा मन्त्रिपरिषद्ले अनुमोदन गरेको नयाँ योजनाले गाजामा युद्ध अन्त्य गर्न पाँच ‘सिद्धान्तहरू’ को रूपरेखा प्रस्तुत गरेको छ। यी पाँच मध्ये एक 'गाजामाथि सुरक्षा नियन्त्रण कायम राख्नु' हो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २६ साउन २०८२, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु
चिसोका कारण गाजा क्षेत्रमा मानवीय संकट बढ्दो
सर्लाहीमा गाँजाखेती फडानी अभियान सञ्चालन
तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी
७५० केजी गाँजासहित दुई जना पक्राउ
गाँजासहित एक भारतीय युवक पक्राउ