काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत व्यापारमा नेपाललाई साढे चार अर्ब फाइदा भएको बताएका छन । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युतमा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताए ।
“हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपियाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ । हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ”, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन । प्रधानमन्त्री ओलीले विगतमा बिजुलीको आम प्रयोगमा विद्युत भार कटौती हटे पनि उद्योगमा विद्युत कटौती गरिँदै आएकामा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २५ साउन २०८२, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली