न्यूयोर्क । साधारणलाई दैनिक आवश्यक वस्तुहरूको खोजी नै असम्भवजस्तै बन्दै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले शुक्रबार दिएको जानकारी अनुसार गाजावासीहरू अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेका छन् । खानेकुरा, पानी, औषधी लगायतका अत्यावश्यक सामग्रीको चरम अभाव छ भने राहत सामग्री अत्यन्त न्यून मात्रामा गाजा प्रवेश गरिरहेको छ ।
ओसीएचएले गाजामा प्रवेश गर्ने राहत कार्यमा ठूलो ढिलाइ हुने गरेको जनाएको छ । गाजाको दक्षिणी भागमा रहेको समुद्री पानीलाई पिउनयोग्य बनाउने केन्द्रको विद्युत् आपूर्ति लाइन यस साताभित्रै तेस्रो पटक क्षतिग्रस्त भएको छ । यस कारण केन्द्रले आफ्नो कुल क्षमताको १४ प्रतिशतभन्दा कम मात्र सञ्चालन गर्न सकिरहेको छ ।
यद्यपि केही व्यावसायिक गाडीहरू गाजामा प्रवेश गरेपछि केही खाद्यान्न सामग्रीको मूल्यमा सामान्य गिरावट आएको देखिएको छ, तर अधिकांश खाद्यवस्तुहरू अझै महँगा छन् र सहजै उपलब्ध छैनन् ।
ओसीएचएले हवाईमार्फत खसालिने राहत सामग्रीहरूका कारण विभिन्न स्थानमा नागरिकको ज्यान जाने वा घाइते हुने घटनाहरू पनि भइरहेको जनाउँदै राहत आपूर्तिको सबैभन्दा सुरक्षित र प्रभावकारी माध्यम स्थल मार्ग नै भएको बताएको छ ।
यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफनी ट्रेम्ब्लेले जारी गरेको विज्ञप्तिमा गाजा सहरमा नियन्त्रण लिने इजरायली निर्णयप्रति महासचिव गम्भीर चिन्तित भएको जनाइएको छ । उक्त निर्णयले अवस्था झनै भयावह बनाउने, नागरिकको ज्यान जोखिममा पार्ने र लाखौँ गाजावासीमाथि थप विनाश ल्याउने चेतावनी महासचिवले दिएका छन् ।
ओसीएचएले राहत सामग्री सबै नाकाबाट तथा सबै सम्भव मार्ग हुँदै निर्बाधरूपमा प्रवेश गर्न दिनुपर्नेमा जोड दिँदै, मात्रै त्यसरी सहायता व्यापक रूपमा पहुँचाउन सकिने स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २४ साउन २०८२, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करिब ४ सय ७० किलो गाँजासहित ट्रक चालक पक्राउ
गाजामा अझै भोकमरी बढ्न सक्ने डब्लुएचओको चेतावनी
गाजामा युद्ध रोक्ने घोषणा गरेको इजरायलतको आक्रमण निरन्तर
गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने इजरायलको घोषणा
चितवन प्रहरीले समात्यो पौने सात क्वीन्टल गाँजा
गाजा : प्रत्येक पाँच जनामा एक बालबालिका कुपोषिण