सर्लाही । पूर्वपश्चिम राजमार्गमा पर्ने सर्लाहीको ईश्वरपुरस्थित बाँके जंगलमा बस दुर्घटना हुँदा १९ जना घाइते भएको छ।
शुक्रबार साँझ पौने ६ बजेतिर ईश्वपुर नगरपालिका- ४ स्थित दोस्रो लच्का नजिकै जनकपुरबाट सर्लाही सदरमुकाम मलंगवा तर्फ आउँदै गरेको ग १ ख ९४९४ नम्बरको बस आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घाइतेहरुको सर्लाही, महोत्तरी र धनुषाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरु सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
तिव्र गतिको कारण बस पल्टिएको अनुमान प्रहरीले गरेको छ। दुर्घटनापछि बसका चालक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
बाँके जंगलमा भत्किएको लच्का नजिकै बस पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए।
घाइतेलाई पूर्वपश्चिम राजमार्गमा यात्रा गरिरहेका यात्रु र प्रहरी भएर उद्धार गरेका थिए। बस सडकबाट एक बल्ड्याङ मात्रै पल्टिएकाले ठूलो क्षति नभएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ साउन २०८२, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन
सिन्धुलीमा गाडी दुर्घटना, ४ जना घाइते
चितवनमा दुर्घटना बढ्दाे : गत साउनदेखि कात्तिकसम्म २९ जनाको मृत्यु
विभिन्न स्थानमा भएको दुर्घटनामा परि ३ जनाको मृत्यु
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु