सर्लाही । पूर्वपश्चिम राजमार्गमा पर्ने सर्लाहीको ईश्वरपुरस्थित बाँके जंगलमा बस दुर्घटना हुँदा १९ जना घाइते भएको छ।
शुक्रबार साँझ पौने ६ बजेतिर ईश्वपुर नगरपालिका- ४ स्थित दोस्रो लच्का नजिकै जनकपुरबाट सर्लाही सदरमुकाम मलंगवा तर्फ आउँदै गरेको ग १ ख ९४९४ नम्बरको बस आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घाइतेहरुको सर्लाही, महोत्तरी र धनुषाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरु सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
तिव्र गतिको कारण बस पल्टिएको अनुमान प्रहरीले गरेको छ। दुर्घटनापछि बसका चालक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
बाँके जंगलमा भत्किएको लच्का नजिकै बस पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए।
घाइतेलाई पूर्वपश्चिम राजमार्गमा यात्रा गरिरहेका यात्रु र प्रहरी भएर उद्धार गरेका थिए। बस सडकबाट एक बल्ड्याङ मात्रै पल्टिएकाले ठूलो क्षति नभएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ साउन २०८२, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मनकामना दुर्घटना अपडेटः घाइतेको उद्धार ,७ जनाको घटनास्थलमै मृत्यु
दुर्घटनामा जिप चालकको मृत्यु