काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा म्याग्दी जिल्ला घर भएका हाल ललितपुरमा बस्ने ३६ वर्षीय नर बहादुर बुढाथोकी र पाँचथर फिदिम नगरपालिका-१ घर भएका हाल काठमाडौँ टोखामा बस्दै आएको ४६ वर्षीय उमेश हिङमाङ रहेका छन् ।
प्रहरीका अनुसार नर बहादुरले युएई पठाइदिन्छु भन्दै १ जनाबाट १ लाख रुपैयाँ र उमेशले २ जना पीडितहरूबाट ११ लाख ५९ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो ।उनीहरू सम्पर्कविहीन भएपछि पीडितले दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।
हाल उनीहरूलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ साउन २०८२, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
अपहरणपछि युवकमाथि अमानवीय यातना, नग्न बनाएर भिडियो बनाएको आरोपमा श्रम मन्त्रीका चालक पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ