काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा म्याग्दी जिल्ला घर भएका हाल ललितपुरमा बस्ने ३६ वर्षीय नर बहादुर बुढाथोकी र पाँचथर फिदिम नगरपालिका-१ घर भएका हाल काठमाडौँ टोखामा बस्दै आएको ४६ वर्षीय उमेश हिङमाङ रहेका छन् ।
प्रहरीका अनुसार नर बहादुरले युएई पठाइदिन्छु भन्दै १ जनाबाट १ लाख रुपैयाँ र उमेशले २ जना पीडितहरूबाट ११ लाख ५९ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो ।उनीहरू सम्पर्कविहीन भएपछि पीडितले दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।
हाल उनीहरूलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ साउन २०८२, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ