काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले विपिन जोशीको रिहाइका लागि सरकारलाई अझै कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले २ jर्षदेखि बेपत्ता रहेका जोशीबारे प्रभावकारी कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘हाम्रा नेपाली युवा विपिन जोशी २०२३ अक्टोबर हमासद्वारा कब्जा गरी बन्धक बनाइएको २ वर्ष बित्न लागेको छ आजसम्म पनि उहाँको स्थिति सार्वजनिक भएको छैन’, भट्टराईले भने, ‘म नेपाल सरकारलाई विपिन जोशीको सन्दर्भमा अझै प्रभावकारी कूटनीतिक पहल गर्नका निम्ति ध्यानाकर्षण गर्दछु ।’
उनले नेपालले कुनै पनि देशलाई शत्रु राष्ट्र नठान्ने भन्दै नेपाली नागरिक वा नेपाली सेना कुनै पनि दुई राष्ट्रबिचको युद्धमा सामेल नभएको बताए । ‘यस्तो अवस्थामा पनि नेपाली नागरिकहरू विभिन्न देशमा बन्धक हुनु दुखको कुरा हो’, भट्टराईको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ साउन २०८२, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन्: योगेश भट्टराई
मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई
योगेश भट्टराईको कटाक्ष : 'ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ'
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई