काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अधिवेशनबाट अध्यक्ष पदमा केदार यादव निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी उमेश यादवलाई ३० मतले पराजित गर्दै अध्यक्षमा केदार विजयी भएका हुन् ।
मंगलबार राजविराजमा जिल्ला अधिवेशनको निर्वाचनमा अध्यक्ष पदका लागि पाँच सय चार मत परेको थियो । जसमा दुई सय ३५ मत ल्याएर जसपा नेपाल सप्तरीको आगामी कार्यकालको लागि केदार यादव अध्यक्षमा निर्वाचित हुन् । केदार यादव यसअघि पनि सप्तरीको जिल्ला अध्यक्ष पदमा कार्यरत थिए ।
यसैगरी, जिल्ला उपाध्यक्षमा लक्ष्मण यादव विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी हरेराम यादवलाई जम्मा ९ मतले पराजित गर्दै विजय हासिल गरेका छन् । जिल्ला सचिवमा नीरज मुक्तिले जम्मा १ मतले निर्वाचित भएका छन् । त्यस्तै, उपसचिवमा रिता चौधरी र रामेश्वर यादव विजयी भएका छन् भने कोषाध्यक्षमा अमरेन्द्र यादव निर्वाचित भएका छन् ।
श्रावण १४ गते जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेसँगै सुरु भएको जिल्ला अधिवेशनले निर्वाचन प्रक्रियाबाट मंगलबार बिहान जिल्ला पदाधिकारीको टुङ्गो लगाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ साउन २०८२, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न जसपा नेपालको माग
संविधान संशोधनको माग राख्दै जसपा नेपालले गर्यो आन्दोलनका कार्यक्रम घोषणा
जसपा नेपालले थप्यो ५ केन्द्रीय सदस्य
जसपा नेपालले थप्यो पाँच जना केन्द्रीय सदस्य
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी