सुर्खेत । नेपाली कांग्रेसका सांसद एवं पूर्वजलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’को निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ ।
कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालयले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरका विभिन्न सडकहरूको कामलाई अलपत्र पारेको भन्दै कान्छाराम कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न सोमबार सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको छ ।
कान्छाराम कन्स्ट्रक्सन प्रालिले वीरेन्द्रनगरका विभिन्न सडकहरूको स्तरोन्नतिको काम गर्न १७ भदौ २०७८ मा ठेक्का सम्झौता गरी २८ फागुन २०७९ सम्म सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । तर, कान्छाराम कन्स्ट्रक्सनले कार्यादेश जारी भएको उक्त समयावधिमा काम सुरु गरे पनि सम्पन्न नगरी बीचैमा छोडेको निर्देशनालयले जनाएको छ ।
निर्माणकार्य सम्पन्न गर्ने/गराउनेतर्फ आवश्यक अग्रसरता नदेखाएको र पटकपटक ठेक्का सम्झौताको म्याद थप्दासमेत काम गर्न नसकेका कारण कालोसूचीमा राखिएको पूर्वाधार विकास निर्देशनालयका निमिक्त निर्देशक सूर्यबहादुर शाहीले बताए ।
कान्छाराम कन्स्ट्रक्सनले पूर्वाधार विकास निर्देशनालयबाट विभिन्न मितिमा जारी भएका पत्राचार, ताकेता, सूचना तथा निर्णयहरूको बेवास्था, अटेरी गरी निर्माण कार्य अलपत्र पारी लापरबाही गरेको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० साउन २०८२, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
११ निर्माण कम्पनी कालोसूचीमा
११ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस
कालोसूचीमा परे यि ४ निर्माण कम्पनी
१२ निर्माण कम्पनी सरकारको कालोसूचीमा
१७ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस
२३ निर्माण कम्पनी कालोसूचीमा