काठमाडौ । माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा आज (सोमबार) अध्यक्ष प्रचण्डले जवाफ दिँदै छन्।
पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुने बैठकमा सदस्यहरूले उठाएका विषयमा अध्यक्ष प्रचण्डले उत्तर दिने भएका हुन्।
त्यसअघि महासचिव देवप्रसाद गुरुङ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्नेछन्।
शुक्रबारदेखि जारी बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेकका नेताले धारणा राखिसकेका छन्।
अब आज वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र महासचिव गुरुङले धारणा राखेपछि प्रचण्डले जवाफ दिनेछन्। त्यसपछि बैठक समापन गरिने माओवादीले जनाएको छ।
बैठकमा प्रचण्डको दस्तावेजमा उपमहासचिव जनार्दन शर्मा, सचिव रामकार्कीलगायत केही नेताले प्रश्न उठाए पनि धेरैले समर्थन गरेका छन्।
विशेष महाधिवेशनको प्रस्ताव गरेका उपमहासचिव शर्मालाई बैठकमा बोल्ने सदस्यहरूले आत्मालोचना गर्न सुझाव दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० साउन २०८२, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था