काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिदार र बिचौलियाविरुद्धको भ्रष्टाचार मुद्दामा प्रतिकूल अभिव्यक्ति दिएको आरोपमा मुद्धा दायर गरेको छ ।
आयोगले आइतबार बाँकेको कोहलपुर नगरपालिका बस्ने डम्मर बहादुर बुढाथोकीले विशेष अदालत काठमाडौँमा उपस्थित भई असार २६ गतेका दिन बकपत्र गर्दा अनुसन्धान अधिकृत समक्ष गरेको वयान प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएकाले मुद्धा दायर गरेको हो ।
बुढाथोकीले नियमानुसार जग्गाको मोठ भिडाउन सहजीकरण गरी दिनको लागि मिलेमतोमा प्रतिवादीहरू खरिदारद्वय रतन बहादुर जि.सी., हरिचन्द्र पाण्डे, बिचौलिया शान्ति पुन तथा घनश्याम तिवारीलाई बीस हजार रुपैयाँ घुस/रिसवत दिएको पुष्टि भएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (क) बमोजिम घुस/रिसवत जफत हुन मागदावी लिई विशेष अदालत काठमाडौँमा आरोप-पत्र दायर गरिएको छ।
Tags :अख्तियार दुरुपयोग अनुसन्धान आयोगखरिदारबिचौलियामुद्धा दायर
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ साउन २०८२, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाका उम्मेदवार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो
प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
तत्कालीन सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
कर अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यापकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा