भरतपुरमा प्रचण्डले भने ,पाटी एकताको बिषय बाहिर आएको जस्तो गाठो परेको छैन

विहीबार, २० पुस २०७४, १५ : ४५

भरतपुर । सरकार गठन भन्दा पार्टी एकता पहिला गर्ने गरी छलफल अगाडी बढी रहेको पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । बाहिर आएको जस्तो पार्टी एकताको बिषयमा कुनै पनि गाठो नपरेको दाबी गर्नुभयो । भरतपुर विमानस्थलमा प्रेस चौतारी र प्रेस सेन्टर संयुक्त आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शिर्ष तहमा गम्भिरताका साथ एकताको प्रकृया अगाडी बढी राखेको जिकिर गर्नुभयो । 
प्रधानमन्त्री वा पाटी अध्यक्षको मध्ये कुनै एक लिने विषयमा विवाद नरहेको स्पष्ट पार्नुभयो । पाटी एकता संमायोजन समितिले दुवै पाटीका अध्यक्षलाई दुई ओटा नेता भनेर पहिले नै निणर्य गरिसकेको छ । दुबै नेतालाई समुचित भुमिका दिने गरि सहमति भई सकेकाले यस बिषय पनि सहज ढङगबाट समधान हुने बताउनुभयो । बाहिर आएको जस्तो  ५०/५० भागबण्डा नमिलेर पाटी एकता रोकिएको भन्ने कुरा निराधार रहेको उल्लेख गर्नुभयो ।
अहिले पदीय जिम्मेवारी भन्दा पनि देशको सुसाशन ,राष्ट्रियता एकता र विकास तर्फ बामगठबनधनको ध्यान छ–उहाँले भन्नुभयो ।
पाटी एकता पहिले कि सरकार गठन पहिले भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले राष्ट्रिय सभाको निर्वाचन पश्चात नयाँ सरकारको गठन प्रकृया अगाडी बढ्ने भन्दै त्यस अघि नै पाटी एकता हुने सम्भावना बढी रहेको जानकारी दिनुभयो । 
फरक प्रसंगमा प्रचण्डले प्रदेशको राजधानी तोक्ने बिषयमा दलहरु बिच बिमेल नरहेकाले स्पष्ट पार्नुभयो । अहिले तोक्ने राजधानी अस्थाई मात्र हो , यसको टुङगो लगाउने अधिकार प्रदेश सभालाई रहेकाले कसैले पनि तनाब लिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस