चितवन । विभिन्न आपराधिक कार्यमा संलग्न रहेर फरार भएका एक हजार ५०८ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरी कानूनी दायरामा ल्याएको छ ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ मुद्दामा उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको हो ।
ती मुद्दामा एक हजार ८९२ जना अभियुक्त रहेका छन् । उनका अनुसार यस वर्ष परेका मुद्दामा एक हजार ६९६ जना पुरुष, एक सय ७१ महिला र समलिङ्गी एक जना संलग्न रहेका छन् । तीमध्ये विदेशी नागरिक २४ जना रहेका छन् । २३ जना पुरुष र एक महिला विदेशी रहेको उनले जानकारी दिए ।
पक्राउ पर्नेमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा, सवारी ज्यान, लागूऔषध, जबर्जस्ती करणी, बाल यौन दुरुपयोग, मानव बेचबिखन तथा ओसारपसार, अभद्र व्यवहार, आत्महत्या, चोरी, जुवा, ठगी, विद्युतीय अपराध, बैङ्किङ कसुर रहेका छन् ।
कार्यालयले फैसला कार्यान्वयनतर्फ गत आवमा पाँच सय ८३ जनालाई पक्राउ गरी अदालतमा बुझाएको छ । उनीहरूबाट एक सय २७ वर्ष छ महिना तीन दिन कैद र दुई करोड ५८ लाख ७९ हजार ४१९ जरिवाना असुल गरिएको छ । फैसला कार्यान्वयनका लागि एक हजार ८०७ जना पक्राउ गरी कानूनी दायरामा ल्याउन बाँकी रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ साउन २०८२, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी सहायक निरीक्षक हरि भट्टराई बने बागमतीकै सर्वोत्कृष्ट
गुण्डागर्दीमुक्त चितवन, शान्ति सुरक्षामा प्रहरीको प्रभावकारी भूमिका
चितवनमा दुर्घटना तथा चोरीका घटना बढेपछि प्रहरी चेकजाँच कडा
चितवनमा ट्राफिक व्यवस्थापन लथालिङ्ग
२७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ