काठमाडौँ । पछिल्लो २४ घण्टामा मधेस प्रदेशका विभिन्न स्थानमा वर्षा भएको छ । यससँग चरम खडेरीको सामना गरिरहेका नागरिकले राहतको सास फेरेका छन् ।
विवरण अनुसार पछिल्लो २४ घण्टामा धनुषाको तुल्सीमा ६३.८ मिलिमिटर, हर्दिनाथमा ५१ मिलिमिटर, रौतहटको गौरमा ४४.६ मिलिमिटर र बाराको अमलेखगन्जमा ४६.४ मिलिमिटर वर्षा भएको छ।
मधेस प्रदेशका बाँकी केही स्थानहरूमा पनि हल्का देखि मध्यम वर्षा भएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।
जसको प्रभावले मधेसका अलावा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ साउन २०८२, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तिब्बतमा वर्षाले त्रिशूलीमा ठूलो बाढी, तटीय क्षेत्रमा सचेत हुन आग्रह
वर्षाका कारण देशभरका चार राजमार्ग अवरुद्ध
धनुषामा ‘मध्यम’ वर्षा, सतर्कता अपनाउन आग्रह
कञ्चनपुरको बेलौरीमा भारी वर्षा
कैलालीको गर्भा दरबार क्षेत्रमा भारी वर्षा
पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु