काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठमा बोलाएरै मार्ग प्रशस्त गर्न आग्रह गरेपछि राजीनामा दिने तयारी गरेका हुन् ।
दलको नेतामा इन्द्र बानियाँसँग पराजित भए पनि लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान दिएका थिए । तर, देउवाको निर्देशनपछि हेटौँडा फर्केर राजीनामा दिने आफू निकटका नेताहरूलाई जानकारी गराएका हुन् ।
दलको निर्वाचनमा मुख्यमन्त्री लामानिकट रहेका सांसद तीर्थ लामाले मुख्यमन्त्रीले भोलीसम्ममा राजीनामा दिने बताए ।
लामाले राजीनामा दिएपछि बानियाँको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ साउन २०८२, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री लामाले आइतबार राजीनामा दिने
मुख्यमन्त्री लामालाई पदत्याग गर्न आग्रह
मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता