काठमाडौँ। नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई दलको नेताबाट हटाउन संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
लामालाई नेपाली काँग्रेस संसदीय दलको नेताबाट हटाउन सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
केहीबेरअघि नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । लामा बागमती प्रदेशको मुख्यमन्त्री समेत हुन् ।
अविश्वासको प्रस्तावमा नेपाली काँग्रेसबाट हाल प्रतिनिधित्व गरिरहेका ४ मन्त्रीसहित २१ सांसदहरूले हस्ताक्षर गरेका छन् । संसदीय दलको कार्यालयमा काँग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा सांसदहरूको बैठक बसेको थियो । बैठकपछि अविश्वास प्रस्ताव दर्ता भएको हो ।
मुख्यमन्त्री लामा नेतृत्वको सरकारले आव २०८२/८३ का लागि ल्याएको बजेटमा काँग्रेसभित्र चर्को विवाद भएको थियो । बजेट विवाद उत्कर्षमा पुग्दा काँग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेको एक सांसदले दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ साउन २०८२, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री लामाले आइतबार राजीनामा दिने
देउवाको निर्देशनपछि मुख्यमन्त्री लामा राजीनामा दिन तयार
मुख्यमन्त्री लामालाई पदत्याग गर्न आग्रह
रंगशाला निर्माणका लागि बजेट निकासा रोकिदैंनः मुख्यमन्त्री लामा
तीन वटै तहको समन्वयमा राहत विवरण हुन्छः मुख्यमन्त्री लामा