काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक एक वर्षपछि भोलिदेखि सुरु हुँदै छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो १ बजे बस्ने बैठकका लागि माओवादीले एजेन्डा तय गरिसकेको छ । बुधबार बसेको पदाधिकारी बैठकले मुख्यतः पाँच वटा एजेन्डा तय गरेको थियो ।
पछिल्लो समय पार्टीभित्र चर्किँदै गएको अन्तरविरोध कसरी हल हुन्छ भन्ने विषयमा निकै चासोपूर्वक हेरिएको छ । नेकपाका संस्थापक पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप चलेको थियो ।
बुधबारको बैठकमा सचिव लीलामणि पोखरेलले पार्टीको आन्तरिक विवाद बाहिर पोखिन पुगेको विषयमा नेतृत्वको ध्यानाकर्षण गराउँदै कसरी अन्तरविरोध हल गर्ने भनेर प्रश्न गरेका थिए ।
पोखरेलको प्रश्नको जवाफ दिँदै प्रचण्डले स्थायी समिति बैठक नै बोलाइसकेको अवस्थामा अन्तरविरोधबारे कुनै छलफल नहुने बताएका थिए । अन्तरविरोध सम्बन्धमा एजेन्डाकै रूपमा प्रस्ताव गर्ने भनिए पनि यस विषयमा कुनै छलफल नभएको संस्थापन पक्षका एक नेताले बताए ।
ती नेताका अनुसार पार्टीले तय गरेको एजेन्डा बाहेक अन्य कुनै तयारी नभएको स्पष्ट पारे । पछिल्लो केन्द्रीय समिति बैठकले हल गरेको विषयलाई उपमहासचिव शर्माले विवादको रूपमा बाहिर ल्याएकोमा असन्तुष्टि पोखे ।
‘केहि नेतालाई विधि, विधानको कुनै मतलब छैन । थर्काएर हुन्छ वा के गरेर हुन्छ आफ्नै अडान लाद्न खोज्ने प्रवृत्ति छ । त्यो प्रवृत्ति तोड्नुपर्छ । पछिल्लो केन्द्रीय समिति बैठकले अन्तरविरोध हल गरेको थियो । उठाएका मागहरू पुरा भएकै थिए । तर, बाहिर लगेर जसरी विवादलाई छताछुल्ल पारिएको छ, त्यो गलत हो । स्थायी समिति बैठकले नै अन्तरविरोध व्यवस्थापन गर्छ’, ती नेताले भने ।
गत वर्ष साउन २६ गते स्थायी समिति बैठकमा उपमहासचिव शर्माले पार्टी निर्माण र नेतृत्व हस्तान्तरणसम्बन्धी १४ बुँदे प्रस्ताव पेस गरेका थिए । शर्माको प्रस्तावलाई पुस २० देखि २३ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले हल गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ साउन २०८२, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था