बागमती । मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा दुई करोड ४१ लाख ४५ हजार ५४ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार आव २०८१–८२ मा ट्राफिक नियम उल्लङ्घन गरेका ३० हजार ३४ सवारीसाधनबाट उक्त रकम सङ्कलन भएको हो ।
आव २०८०–८१ मा ४७ हजार ८९९ सवारीसाधनलाई कारबाही गरेर तीन करोड ६९ लाख ६७ हजार राजस्व सङ्कलन भएको थियो । मकवानपुरमा आव २०८१–८२ मा भएका ४०७ सवारी दुर्घटनामा ५० जनाको मृत्यु भएको तथा ९६५ जना घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ साउन २०८२, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अटो रिक्सा बढेसँगै ट्राफिक व्यवस्थापनमा समस्या
ज्यानै लिने ट्राफिकका सडक ‘एम्बुस’