काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको दाबी गरेका छन् ।
बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानान्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्ने गरेको भन्दै आपत्ति जनाए ।
‘सरकारले एकदुई जनालाई कारबाही गर्यो भने सरकार र भ्रष्टाचार पर्यावाची भन्छन् । छ्यालब्याल रैछ भन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्नेलाई कारबाही ने नगर्ने त ? भ्रष्टाचार गर्न दिइन्न । कसैले गर्यो भने कारबाही हुन्छ । त्यही त गर्ने होला नि ।’
यसअघि बैठकको शुन्य समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यावाची जस्तै बनेको आरोप लगाएका थिए । मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषि स्वयं सरकार भएको आरोप थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ साउन २०८२, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली