काठमाडौं । चीनको तिब्बत क्षेत्रमा भारी वर्षा हुँदा त्रिशूली नदीमा ठूलो बाढी आएको छ। बाढीका कारण रसुवाको उत्तरगया आसपासका क्षेत्र, किस्पाङको त्रिशूली थ्रीबी हव लगायतमा जलसतह उच्च देखिएको छ।
रसुवागढी क्षेत्रमा पनि पानीको बहाव बढ्दै गएकाले सतर्कता अपनाउन भनिएको छ। गत असार २४ गतेको बाढीले रसुवागढीमा मितेरी पुल बगाउनुका साथै ठूलो मानवीय र भौतिक क्षति गरेको थियोे।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले नेपाल र चीनको सीमा रसुवागढी क्षेत्रबाट ठूलो बाढी आएको भन्दै तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीय बासिन्दा सचेत रहन भनेका छन्।
जिल्ला विपद् व्यवस्थापन समिति र उत्तरगया गाउँपालिका अन्तर्गतको स्थानीय विपद् व्यवस्थापन टोली परिचालित भइसकेको छ। गाउँपालिका र प्रहरी प्रशासनले जारी सूचनालाई तत्काल कार्यान्वयनमा सहयोग पुर्याउन भनेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ साउन २०८२, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्षाका कारण देशभरका चार राजमार्ग अवरुद्ध
धनुषामा ‘मध्यम’ वर्षा, सतर्कता अपनाउन आग्रह
कञ्चनपुरको बेलौरीमा भारी वर्षा
कैलालीको गर्भा दरबार क्षेत्रमा भारी वर्षा
पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु
वर्षा लागेपछि त्रासमा बस्छन् वाग्मती किनारका बासिन्दा