काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टी फुट्ने कुरा भ्रामक भएको बताएका छन्। उनले यस्ता प्रचारबाट सचेत रहन कार्यकर्तालाई आग्रह समेत गरे।
पार्टीभित्र देखिएका वैचारिक अस्पष्टता, राजनीतिक अन्योल र सांगठनिक अराजकतालाई आगामी विशेष महाधिवेशनमार्फत समाधान गरिने र पार्टीलाई पुनर्गठन गरिने उनको भनाइ थियो।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै नेता शर्माले पार्टीभित्र र बाहिरबाट लगातार फुटको प्रचार भइरहेकोप्रति आपत्ति जनाए।
‘विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गरिँदै छ,’ उनले लेखेका छन्, ‘पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरू प्रति सचेत हुन आग्रह गर्दछु।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ साउन २०८२, २० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा