काठमाडौं । नेकपा एमालेको मधेस प्रदेशमा पार्टीको वडा अधिवेशन गर्न मुश्किल परेको छ । अन्य प्रदेशका वडा अधिवेशनहरु धेरैजसो स्थानमा सम्पन्न भएपनि मधेस प्रदेशमा भने न्यून मात्रमा अधिवेशनहरु भएको एमाले कार्यालयमा रिपोर्ट छ ।
एमाले केन्द्रीय कार्यालयमा रहेको रिपोर्ट अनुसार मधेसका १२ सय ७१ वडामध्ये जम्माजम्मी ३ सय मात्र वडामा अधिवेशन भएको एमालेले जनाएको छ । केन्द्रीय समितिको बैठकपछि नेता कार्यकर्तालाइ जारी गरेको अन्तर पार्टी निर्देशनमा पनि उक्त कुरा उल्लेख छ । ‘मधेस प्रदेशमा भने १,२७१ वडामा ३०० मात्र अधिवेशन भएको रिपोर्ट छ ।
मधेस प्रदेशमा तीन जिल्लाको अधिवेशन यस वर्ष मात्रै सम्पन्न भएको र पालिका तथा वडा अधिवेशन नयाँ सदस्यता नवीकरण पछि गर्ने योजना प्रदेश कमिटीले बनाएका कारणले पनि कम भएको देखिन्छ ।’ एमालेले जारी गरेको अपानीमा उल्लेख छ ।उसले कूल ६ हजार ७४३ वडामध्ये ५ हजार ३४० वडामा पार्टीका वडा अधिवेशन सम्पन्न भएको जनाएको छ ।
एमालेका अनुसार, कूल ७५३ पालिकामध्ये ६५३ मा उसका अधिवेशन सम्पन्न भएको छ । जसअन्तर्गत सुदूरपश्चिका ८८ वटै पालिका अधिवेशन सम्पन्न भएका छन् । कोशीका १३७ मा १, बागमतीका ११९ मा २, गण्डकीका ८५ मा ७, लुम्बिनीका १०९ मा १ र कर्णालीका ७९ मा ३ पालिकाको अधिवेशन बाँकी रहेको छ ।
मधेस प्रदेशका १३६ पालिकामध्ये ५० पालिकामा मात्र अधिवेशन सम्पन्न भएको अवस्था छ । यस अवधिमा मधेस प्रदेशलाई छोडेर अन्य प्रदेशमा ९० प्रतिसत भन्दा वढि वडामा वडा अधिवेशन
सम्पन्न भएको एमालेले जनाएको छ । बागमतीका १,१२१ वडामा ३०, कोशीका १,१५७ मा २४५, गण्डकीका ७५९ मा ७४, लुम्बिनीका ९८३ मा ५३, कर्णालीका ७१८ मा ४८ र सुदूरपश्चिमका ७३४ मा ६० वडाका अधिवेशन हुन बाँकी रहेको पनि उसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ साउन २०८२, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित
सर्वोच्चको परमादेशपछि मधेसमा राजनीतिक हलचल
मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि आज सुनुवाइ
मधेसका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि सर्वोच्चमा आज पूर्ण सुनुवाइ हुँदै
मधेस प्रदेश सरकार गठनविरुद्ध आज पनि ७ दलको धर्ना