काठमाडौं । नेकपा एमालेको मधेस प्रदेशमा पार्टीको वडा अधिवेशन गर्न मुश्किल परेको छ । अन्य प्रदेशका वडा अधिवेशनहरु धेरैजसो स्थानमा सम्पन्न भएपनि मधेस प्रदेशमा भने न्यून मात्रमा अधिवेशनहरु भएको एमाले कार्यालयमा रिपोर्ट छ ।
एमाले केन्द्रीय कार्यालयमा रहेको रिपोर्ट अनुसार मधेसका १२ सय ७१ वडामध्ये जम्माजम्मी ३ सय मात्र वडामा अधिवेशन भएको एमालेले जनाएको छ । केन्द्रीय समितिको बैठकपछि नेता कार्यकर्तालाइ जारी गरेको अन्तर पार्टी निर्देशनमा पनि उक्त कुरा उल्लेख छ । ‘मधेस प्रदेशमा भने १,२७१ वडामा ३०० मात्र अधिवेशन भएको रिपोर्ट छ ।
मधेस प्रदेशमा तीन जिल्लाको अधिवेशन यस वर्ष मात्रै सम्पन्न भएको र पालिका तथा वडा अधिवेशन नयाँ सदस्यता नवीकरण पछि गर्ने योजना प्रदेश कमिटीले बनाएका कारणले पनि कम भएको देखिन्छ ।’ एमालेले जारी गरेको अपानीमा उल्लेख छ ।उसले कूल ६ हजार ७४३ वडामध्ये ५ हजार ३४० वडामा पार्टीका वडा अधिवेशन सम्पन्न भएको जनाएको छ ।
एमालेका अनुसार, कूल ७५३ पालिकामध्ये ६५३ मा उसका अधिवेशन सम्पन्न भएको छ । जसअन्तर्गत सुदूरपश्चिका ८८ वटै पालिका अधिवेशन सम्पन्न भएका छन् । कोशीका १३७ मा १, बागमतीका ११९ मा २, गण्डकीका ८५ मा ७, लुम्बिनीका १०९ मा १ र कर्णालीका ७९ मा ३ पालिकाको अधिवेशन बाँकी रहेको छ ।
मधेस प्रदेशका १३६ पालिकामध्ये ५० पालिकामा मात्र अधिवेशन सम्पन्न भएको अवस्था छ । यस अवधिमा मधेस प्रदेशलाई छोडेर अन्य प्रदेशमा ९० प्रतिसत भन्दा वढि वडामा वडा अधिवेशन
सम्पन्न भएको एमालेले जनाएको छ । बागमतीका १,१२१ वडामा ३०, कोशीका १,१५७ मा २४५, गण्डकीका ७५९ मा ७४, लुम्बिनीका ९८३ मा ५३, कर्णालीका ७१८ मा ४८ र सुदूरपश्चिमका ७३४ मा ६० वडाका अधिवेशन हुन बाँकी रहेको पनि उसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ साउन २०८२, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसमा उम्मेदवार बन्न दलका अध्यक्षको ताँती
मधेसी दलहरुको एकता समझदारी, तर अझै टुंग्गिएन पार्टी नाम, चुनाव चिन्ह्र र नेतृत्व
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित
सर्वोच्चको परमादेशपछि मधेसमा राजनीतिक हलचल
मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि आज सुनुवाइ