निःशुल्क वाइफाइ सेवामा कडाइ

पत्रपत्रिकाबाट

मंगलबार, १३ साउन २०८२, ०८ : ०४
निःशुल्क वाइफाइ सेवामा कडाइ

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले वाइफाई हटस्पट नाममा निःशुल्क बाइफाई सेवा उपलब्ध गराइरहेका इन्टरनेट सेवाप्रदायकमाथि कडाइ गरेको छ ।

प्राधिकरणले सूचना जारी गर्दै बाइफाई हटस्पट सेवा दूरसञ्चार सेवाप्रदायकहरूले सञ्चालन गर्न सक्ने भएकाले इन्टरनेट सेवाप्रदायकले निश्चित अवधि र मात्रामा मात्र यस्तो सुबिधा उपलब्ध गराउन निर्देशन दिएको हो।

इन्टरनेट सेवाप्रदायकले अहिले सार्वजनिक स्थानमा बाइफाई हटस्पट सञ्चालन गरी निःशुल्क इन्टरनेट सेवा सञ्चालन गरिरहेका छन् ।

यो सेवाप्रदायकले लगइन गरेर एक घण्टासम्म निःशुल्क रूपमा बाइफाई प्रयोग गर्न सकिने सुविधा दिएका छन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस