काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास योजना जनताले अनुभव गर्ने गरी सञ्चालन गर्न निर्देशन दिएका छन् । पारदर्शिता, कार्यान्वयन क्षमता र योजनाको प्रभावकारितामा जोड दिएर ठेक्का प्रक्रिया छिटो सक्न र कामको गुणस्तरमा कुनै सम्झौता नगर्न उनले निर्देशन दिए ।
भौतिक पूर्वाधार विकास मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठक तथा आर्थिक वर्ष २०८१/०८२ को प्रगति समीक्षा कार्यक्रमलाई सोमबार राप्ती उपत्यका देउखुरीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पारदर्शिता, कार्यान्वयन क्षमता र योजनाको प्रभावकारितामा जोड दिएका हुन् । उनले ढलान सडकलाई प्राथमिकता दिन र जनसरोकारका योजनालाई जोड दिन आग्रह गरेका छन् ।
‘विकासे आयोजनाका हरेक योजनाको समयमै कार्यान्वयन र पारदर्शी ढंगले फरफारक गराउनुहोला,’ उनले भने, ‘देखावटीभन्दा जनघनत्वका आधारमा योजना छनोट गरेर दीर्घकालीन उपयोगिता र जनसरोकारको महत्त्व देखिने गरी काम गर्नुस् ।’
समपूरक, विशेष र ससर्त अनुदानको बजेट छिटो कार्यान्वयनमा ल्याई ठेक्का प्रक्रिया छिटो टुङ्ग्याउन निर्देशन दिँदै बहुवर्षीय योजनालाई प्राथमिकता दिनुपर्ने उनले धारणा राखे । कालोपत्र भन्दा प्राविधिक दृष्टिले बलियो ढलान सडक उपयुक्त देखिएको अवस्थालाई ध्यानमा राखी ढलान सडकलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।
समीक्षा बैठक भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा मन्त्रालयका सचिव, महाशाखा प्रमुख, आयोजना निर्देशक तथा प्राविधिक अधिकृतहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ साउन २०८२, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्धको शिक्षाबाट कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छ : मुख्यमन्त्री आचार्य
लालपुर्जा वितरणको कामलाई तीव्रताका साथ अघि बढाएका छाैँ : मुख्यमन्त्री आचार्य
सुशासन र पारदर्शीताका लागि मिडियाको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री आचार्य
योजनाबद्ध विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य
प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य
अब प्रज्ञा प्रतिष्ठानमार्फत भाषा र संस्कृतिको खोज अनुसन्धानलाई गति दिनेछौँ : मुख्यमन्त्री आचार्य