सकारात्मक धारणा निर्माणमा मिडिया क्षेत्र अगुवा बन्नुपर्छ: मुख्यमन्त्री आचार्य

सफल खबर संवाददाता

शनिबार, १७ साउन २०८२, १४ : ५३
सकारात्मक धारणा निर्माणमा मिडिया क्षेत्र अगुवा बन्नुपर्छ: मुख्यमन्त्री आचार्य

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रलाई सकारात्मक धारणा निर्माणमा अगुवा भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहलाई शनिबार रुपन्देहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मिडिया क्षेत्रको दिगोपनाका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।

‘हरेक विषयमा नकारात्मक रूपमा अघि बढ्ने प्रवृत्ति छ । तर, हामीले सकारात्मक सन्देश दिने गरी काम गर्न जरुरी छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘सुरुमा नकारात्मक कुरा दिमागमा बसिसकेपछि पछि जति सकारात्मक कुरा राखे पनि त्यसले असर गर्न सक्दैन । त्यसैले यो विषयमा संवेदनशील बन्न जरुरी छ।’

मुख्यमन्त्री आचार्यले सरकार समस्याको समाधानका लागि सुन्न र कार्यान्वयनमा जान तयार रहेको स्पष्ट पारेका छन् । उनले मिडिया संस्थाको संख्या वृद्धि भएकाे र सरकारले पनि बजेटको आकार बढाउन भूमिका खेलिरहेकाे बताए । ‘राजस्वमा डेढ अर्बले वृद्धि गर्न सकेका छौं । सुरुमा योजना कम थिए, अहिले ती योजना विस्तार भएका छन्,’ उनले भने । मुख्यमन्त्री आचार्यका अनुसार, प्रदेश सरकारद्वारा सञ्चार क्षेत्रमा विगतको तुलनामा बढी बजेट विनियोजन गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस