बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न सरकारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरणको कामलाई तीव्रताका साथ अघि बढाइएकाे बताएका छन् ।
भूमि समस्या समाधान आयोग बाँकेको आयोजना र कोहलपुर नगरपालिकाको व्यवस्थापनमा बिहीबार बाँकेको कोहलपुरमा आयोजित अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् ।
उनले सङ्घीय सरकारले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको हातमा जग्गाको लालपुर्जा पुर्याउने योजनाका साथ काम अघि बढाएको चर्चा गर्दै सोही योजनालाई साथ दिँदै प्रदेश सरकारले पनि काम गरिरहेको बताए ।
मुख्यमन्त्री आचार्यले बर्षौंदेखि भूमि अधिकारबाट बञ्चित भएका नागरिकहरूको अधिकार पुनर्स्थापनाका लागि सरकार निरन्तर क्रियाशील रहेको समेत बताए । उनले अव्यवस्थित बसोवासीहरूले उठाएका समस्याहरू समाधान गर्न आफूहरूले सङ्घीय सरकारसँग समन्वय गरिरहेको समेत बताए ।
आज कोहलपुर नगरपालिका वडा नम्बर १ का एक सय २२ जना अव्यवस्थित बसोवासीलाई मुख्यमन्त्री आचार्यले जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ असार २०८२, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशासन र पारदर्शीताका लागि मिडियाको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री आचार्य
योजनाबद्ध विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य
प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य
अब प्रज्ञा प्रतिष्ठानमार्फत भाषा र संस्कृतिको खोज अनुसन्धानलाई गति दिनेछौँ : मुख्यमन्त्री आचार्य
मुख्यमन्त्री आचार्य चीन प्रस्थान
प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने बाटोमा छौं : मुख्यमन्त्री आचार्य