बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारमा उतारी अन्तर्राष्ट्रिय कूटनीति र शान्तिमा नयाँ आयाम दिन सकिने बताएका छन्। ‘कूटनीति र बुद्धका शिक्षा : विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीको आइतबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धका शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रतामा आधारित रहेको उल्लेख गरे।
उनले बुद्धका शिक्षाले अन्तर्राष्ट्रिय कूटनीतिमा दीगो शान्ति, आपसी सम्मान र समताको भावना स्थापित गर्न सक्ने बताए। साथै, नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपमा अन्योन्याश्रित रहेको उल्लेख गर्दै उनले भाषा, लिपि, परम्परा र दर्शनको साझा आधारमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन शिक्षा, अनुसन्धान तथा सांस्कृतिक सहकार्यलाई सशक्त माध्यमका रूपमा प्रयोग गर्न सकिने धारणा राखे।
मुख्यमन्त्री आचार्यले लुम्बिनीको समग्र विकासका लागि प्रदेश सरकारले अघि सारेको ‘लुम्बिनी विकास प्राधिकरण’ अवधारणाले कपिलवस्तुदेखि रामग्रामसम्म फैलिएको सम्पूर्ण बौद्ध सम्पदाको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे।
उनले ‘नेपाल–भारत बौद्ध सांस्कृतिक आदानप्रदान केन्द्र’ स्थापना, बुद्ध सर्किट अन्तर्गत एकीकृत पर्यटन प्रवर्द्धन कार्यक्रम, बौद्ध अनुसन्धान केन्द्र, सङ्ग्रहालय र अन्तर्राष्ट्रिय युवा सम्मेलनजस्ता कार्यक्रमहरू अघि बढाउने सम्भावनातर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ साउन २०८२, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य
सकारात्मक धारणा निर्माणमा मिडिया क्षेत्र अगुवा बन्नुपर्छ: मुख्यमन्त्री आचार्य
ठेक्का प्रक्रिया छिटो सक्न र गुणस्तरमा सम्झौता नगर्न मुख्यमन्त्री आचार्यको निर्देशन
लालपुर्जा वितरणको कामलाई तीव्रताका साथ अघि बढाएका छाैँ : मुख्यमन्त्री आचार्य
सुशासन र पारदर्शीताका लागि मिडियाको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री आचार्य
योजनाबद्ध विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य