स्पेनलाई हराउँदै इङ्‌ग्ल्यान्डले जित्यो महिला युरोको उपाधि

एजेन्सी

सोमबार, १२ साउन २०८२, ०९ : ०९
स्पेनलाई हराउँदै इङ्‌ग्ल्यान्डले जित्यो महिला युरोको उपाधि

एजेन्सी । स्पेनलाइ पेनाल्टी सुटआउटमा हराउँदै इङ्‌ग्ल्यान्डले यूईएफए महिला युरो कप-२०२५ को उपाधि जितेको छ।

आइतबार राति भएको फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले जित्दै इङ्‌ग्ल्यान्डले लगातार दोस्रोपटक उपाधि हात पारेको हो। 

योसँगै इङ्ल्यान्डले फिफा महिला विश्वकपमा भोगेको हारको बदला पनि लिएको छ।

पहिलो हाफको २५औँ मिनेटमा मारियोना काल्डेन्टेको गोलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो। 

तर खेलको ५७औँ मिनेटमा एलेसिया रुसोको गोलमा इङ्‌ग्ल्यान्डले बराबरी बनाएको थियो।

त्यसपछि दुवै टोलीले गोल थप्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

जसमा इङ्ल्यान्ड विजयी भयो भने प्रतियोगितामा अपराजित रहेर पहिलोपटक फाइनल खेलेको स्पेन पराजित भयो। 

प्रतिक्रिया दिनुहोस