एजेन्सी । इजरायली सेनाले खाद्यान्न लिनका लागि दैनिक १० घण्टा युद्ध रोक्ने बताए पनि आक्रमण जारी राखेको छ। लगातारको इजरायलको आक्रमणले गाजामा ६३ जनाको ज्यान गएको छ।
आइतबार इजरायली सेनाले प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ८ बजेसम्म केन्द्रीय र उत्तरी गाजाका साथै अल मसारी र डेल अल बाजामा आक्रमण नगर्ने जनाएको थियो। साथै खाद्यान्न र औषधी सामग्री वितरणका लागि बिहान ६ बजेदेखि बेलुका ११ बजेसम्म आक्रमण नगर्ने प्रतिबद्धता नगर्ने जनाएको थियो।
गएको २४ घण्टामा दुई बालबालिकासहित ६ जनाको ज्यान गएको छ। अक्टोबर २०२३ देखि यता भोकमरीका कारण ज्यान जानेको सङ्ख्या १३३ पुगेको छ। मर्नेमध्य ५ महिनाको बालक जनैब अबु हुसेन लगायत छन्।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले पाँच लाख मानिस भोकमरीका कारण समस्यामा परेका छन्।
संयुक्त अरब इमिरेट्स तथा जोर्डनको पहलमा युद्ध विराममा सहमति भएपछि राहत आकाशबाट खसालिए पनि त्यहाँ खसालिएको राहत पर्याप्त भने छैन।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १३ साउन २०८२, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ