सिरहा । यहाँको लहान–३ अस्पताल चोकदेखि आज सशस्त्र प्रहरीले स्रोत नखुलेको रु १० लाख एक हजार ६९५ नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार बस्ने अन्दाजी २४ वर्षीय राहुल कुमार रहेका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण सिरहाका गणपति, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार बिहान करिब ९:३० बजे सुरक्षा वेश क्याम्प लहानबाट खटिएको ‘चेक प्वाइन्ट’ टोलीले यात्रुवाहक सवारी जाँच गर्ने क्रममा इनरुवाबाट लहानतर्फ आउँदै गरेको बसमा सवार राहुल कुमारलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका राहुल कुमारलाई नगदसहित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ साउन २०८२, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित सात जना पक्राउ
हत्याको अभियोगमा एक जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
वरिष्ठ डिभिजनल वन अधिकृत भट्ट पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ