झापा । झापाको दमक–४ चियाबगानमा भएको सवारी दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत शनिबार बिहान उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नम्बर १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेका साइकलयात्रीलाई ठक्कर दिँदा दमक–४ घरघरेका ६० वर्षीय सोमबहादुर विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परेको बस र मकवानपुर हेटौँडा उपमहानगरपालिका–७ का ४७ वर्षीय बस चालक राजेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ साउन २०८२, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन