काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल पाँच सय वटा डीप बोरिङ जडान गरिने घोषणा गरेका छन् ।
महोत्तरीको मटिहानी नगरपालिका-८ विग्ही नदीमाथिको पुल र वडा ६ मा निर्मित प्रसूति गृहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पानी नपरेर सिँचाइ र खानेपानीको संकट झेलिरहेको मधेश प्रदेशमा तत्कालै पाँच सय वटा डीप बोरिङ जडान गरिने बताए ।
हेलिकप्टरमार्फत तराई-मधेशको अवलोकन गरेका प्रधानमन्त्रीले धेरै जमिन सुक्खा देखिएको भन्दै मधेशका आठ वटै जिल्लामा सिँचाइको व्यवस्थासहित खानेपानीको व्यवस्था गर्न सरोकार पक्षसँग छलफल तथा समन्वय गरी जतिसक्दो छिटो समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सम्बोधनका क्रममा उनले मधेश प्रदेशको पूर्वी भागमा रहेको सप्तरी जिल्ला कोशी नदीसँग जोडिएकाले त्यहाँ कम समस्या रहेको तर बाँकी सात वटै जिल्लामा पानीको समस्या समाधान गर्नका लागि सरकार जुटिसकेको बताए ।
प्रधानमन्त्री ओलीले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको सन्दर्भमा किसानसहित पानीको अभावका कारण प्रत्यक्ष रूपमा प्रभावितलाई विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ साउन २०८२, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली